चट्याङसहित वर्षा र हिमपातको सम्भावना

 फागुन १२, २०७६ सोमबार ७:३१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोमबार देशका धेरैजसो पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यस्तै सोमबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राती पनि देशका मध्य तथा पुर्वी पहाडका केही ठाउँमा पानी पर्ने र बाँकी ठाउँमा आंशिकदेखि सामान्य बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको तीन दिनसम्म बादल लाग्ने, सामान्य पानी पर्ने र घाम लाग्ने क्रम चलिरहने मौसमविद राजु प्रधानाङ्गलले जानकारी दिनुभयो । देशका मध्य तथा पुर्वी भू–भाग साथै पश्चिमी पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया