मोटरसाइकल रेलिङमा ठोक्किँदा दुई जनाको जयान गयो

 फागुन १२, २०७६ सोमबार ७:४९:४० | उज्यालो सहकर्मी

काठमाण्डौ - ललितपुर र भक्तपुरमा भएका दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

बिहान ४ बजेतिर ललितपुरको बालकुमारीमा मोटरसाइकल सडकको रेलिङमा ठोक्किंदा दुई जनाको ज्यान गएको छ । बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक काठमाण्डौ लाजिम्पाटका दिवसकिशोर भट्टराई र मोटरसाइकलको पछाडि बसेकी ललिता राईको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते दुबै जनाको उपचारको क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको हो ।

यस्तै हिजो बेलुकी भक्तपुरको च्यामासिंहमा ट्रकको ठक्करबहाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा राती ज्यान गएको छ । ट्रकको ठक्करबाट ११ वर्षीय बालक तिलक मकाजुको ज्यान गएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने बा ३ क ३५८८ नम्बरको ट्रकका चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया