खैरो हेरोइनसहित २३ वर्षीया युवती पक्राउ

 फागुन १२, २०७६ सोमबार ९:४७:२६ | रासस
unn.prixa.net

काठमाण्डौ - नेपाल प्रहरीले खैरो हेरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाण्डौ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४.२६ ग्राम खैरो हेरोइन लुकाएर ल्याएको अवस्थामा झापा शिव सतासी नगरपालिका-११ की २३ वर्षीया बीना डाँगीलाई आइतबार साँझ पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा डाँगीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

पक्राउ परेकी डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया