डोटीमा एक हजारभन्दा बढीले गरे बालविवाह, एकै वडामा १ सय ६३ बालविवाह

 फागुन १२, २०७६ सोमबार १२:५:५१ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको दिपायल सिलगढी नगरपालिका ८ लडागडामा गएकाे साढे तीन वर्षमा १ सय ६३ वटा बालविवाह भएको पाइएको छ ।

गैरसरकारी संस्था सामुदायिक विकास केन्द्र सीडीसी डोटीले गरेको सर्वेक्षणअनुसार २०७३ साल बैशाखदेखि अहिलेसम्म एउटै वडामा यति धेरै बालविवाह भएको पाइएको हो ।

डोटी जिल्लामा भने यस अवधिमा बालविवाह गर्नेकाे संख्या एक हजारभन्दा बढी रहेकाे छ ।

बालविवाह हुनेमा १ सय ३३ जना बालिका र २७ जना बालक रहेका छन् । बालविवाह हुनेमा १४ वर्षदेखि १९ वर्षसम्मका रहेका छन् । परिवारको दबावले ३१ जना, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, राम्रो घर परिवारकाे आशमा ७ जना, चाँडो बिहे गर्ने मान्यतामा ५ जना तथा चाँडो बिहे गर्दा पुण्य प्राप्त हुने मान्यता लगायतका कारण १६३ जनाको बालविवाह भएको पाइएकाे छ । 

माेबाइलकाे गतल प्रयोगले बालविवाह र अपराधजन्य घटनाले प्राेत्साहन पाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह देउवाले बताउनुभयो । 

जिल्लामा रहेका नौ वटा पालिकाले बालविवाह गर्ने गराउनेलाई सरकारी सेवाबाट वञ्चित गराउने निर्णय गरे पनि निर्णयको बेवास्ता गर्दै बालविवाह गर्ने कार्य नराेकिएकाे जोरायल गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बालविवाह गर्ने पुरोहित र अभिभावकलाई कारबाही नगरेसम्म बालविवाह अन्त्य हुँने छाँटकाँट देखिदैन । अब, बालविवाह गर्ने र गराउने दुवैलाई कारबाही गर्छौँ ।’

अन्तिम अपडेट: चैत २, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया