ट्रम्प भारत आइपुगे, माेदीले गरे स्वागत

 फागुन १२, २०७६ सोमबार १२:४५:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गुजरातको राजधानी अहमदाबाद आइपुगेका छन् ।

राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहमदाबाद एअरपोर्ट पुगेका थिए । ट्रम्पसँगै अमेरिकाकी फस्र्ट लेडी मेलानिया ट्रम्प र छोरी इभान्का पनि भारत भ्रमणमा आएका हुन् । 

डोनाल्ड ट्रम्प राष्ट्रपति बनिसकेपछि पहिलो पटक भारत आइपुगेका हुन् । अमेरिकामा चुनावी वर्ष सुरु हुँदै गर्दा ट्रम्पले भारत भ्रमण गरेका हुन् । 

दुई देशका प्रमुखबीच व्यापारिक सम्भाैता हुने बताइएकाे छ । यही कारण ट्रम्पको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । 

ट्रम्पले अहमदाबादमा रहेको मोटेरा स्टेडियममा भारतीय नागरिकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।   

ट्रम्पलाई स्वागत गर्ने क्रममा मोदीले ट्रम्पलाई अङ्कमाल गरेका थिए । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै ‘अतिथि देवो भवः’ भनेका छन् । 

अहमदाबाद शहर कुनै सैनिक अड्डा जस्तो देखिएको छ, सबैतिर बर्दीमा तैनाथ सैनिक देख्न सकिन्छ । सडकमा पनि सुरक्षाबलको गाडी दौडिरहेको छ । सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । 

ट्रम्प र मोदीबीच हुने बैठकलाई लिएर सबैको ध्यान केन्द्रित भएको छ । यी दुई देशका प्रमुखबीच केही महत्त्वपूर्ण विषयमा सम्झौता हुनसक्ने बताइएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया