कलङ्कीमा मालवाहक ट्रकले ठक्कर दिँदा तीन जना घाइते

 फागुन १२, २०७६ सोमबार १९:५७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको कलङ्कीमा मालवाहक गाडीको ठक्करबाट तीन जना घाइते भएका छन् । 

घाइतेहरुको अवस्था गम्भीर रहेको दुर्घटनास्थलमा खटिनुभएका प्रहरी निरीक्षक (इन्सपेक्टर) पुरुपोत्तम कार्कीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका  अनुसार ट्रकमा च्यापिएका चालकको उद्धार गरिएको छ तर उनको अवस्था गम्भीर छ । 

कलङ्कीबाट थानकोट जाने सडकखण्डमा एउटा मालवाहक ट्रकले अन्य ५/६ वटा गाडीलाई ठक्कर दिएको बताइए पनि विस्तृत विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया