माेटरसाइकल बिजुलीकाे पाेलमा ठाेक्किँदा चालककाे ज्यान गयाे

 फागुन १३, २०७६ मंगलबार ८:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डाैको टोखामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

ना १६ प ९१३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका २ का हितबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका नुवाकोटकै शिवपुरी गाउँपालिका २ का सुनिल थापाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया