सुनकाे भाउ घट्याे

 फागुन १३, २०७६ मंगलबार ११:६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार बढिरहेको सुनको भाउ मङ्गलबार ताेलामा तीन सय रुपैयाँले घटेको छ ।

सुन मङ्गलबार तोलाको ८० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साेमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको थियो ।

मङ्गलबार चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको नाै सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया