रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाकाे प्रतिवेदन : मौसममा खराबी मुख्य कारक

 फागुन १३, २०७६ मंगलबार १४:१८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना चढेको  हेलिकप्टर दुघर्टनाको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ ।

मन्त्रालयले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा बनाएको समितिले तयार पारेको प्रतिवेदन अनुसार खराब मौसम र पाइलटले उचित समयमा निर्णय लिन नसक्दा हेलिकप्टर दुघर्टना भएको थियो । दुर्घटनाको क्षेत्रमा त्यो दिन तीव्र हावा र हिमपात हुँदा हेलिकप्टर अनियन्त्रित भएको र त्यो बेला पाइलटले परिस्थिति सम्हाल्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

पाइलटले पहिले नै होस गुमाएको हुनसक्ने प्रतिवेदनले देखाएको छ । हेलिकप्टरले जमिन छाड्दाबित्तिकै फेरि अवतरणको कोसिस गरे पनि ३५ सेकेन्डभित्रै अनियन्त्रित भएर दुघर्टना भएको समितिको ठहर छ । 

यस्तै हेलिकप्टरको अगाडिको सिट र पछाडिको सिटमा बस्ने यात्रुको तौलका कारण पनि हेलिकप्टर सन्तुलनमा नरहेको प्रतिवेदनले देखाएको छ । खासगरी पाइलटसँगै २ जना मात्रै बस्नुपर्ने भए पनि ३ जना यात्रु बस्दा हेलिकप्टरको अगाडिको भाग धेरै झुकेको हुन सक्ने पनि देखिएको छ । 

२०७५ सालको फागुन १५ गते पाथिभरामा एअर डाइनेस्टीको हेलिकप्टर दुघर्टना हुँदा तत्कालीन पर्यटनमन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका चालक प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

छानबिन समितिको प्रतिवेदन यस्तो छ 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया