एशिया -११ काे टाेलीमा सन्दीप लामिछाने पनि

विश्व ११ विरुद्ध टी-२० सिरिज खेल्ने

 फागुन १३, २०७६ मंगलबार १८:१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली खेलाडी सन्दीप लामिछाने एशिया ११ को टिममा परेका छन् ।

विश्व ११ विरुद्धको टी २० सिरिजका लागि बनाइएको एशिया ११ को टिममा नेपाली खेलाडी सन्दीप परेका हुन् । एशियाली देशका खेलाडी समावेश गरिएको एशिया ११ टिममा भारतबाट केएल राहुल, शिखर धवन, रिशभ पन्त, मोहम्मद सामी, कुलदिप यादव र विराट कोहली रहेका छन्।

यस्तै बाँकी खेलाडीमा तमिम इकबाल, लिटन दाश, मुस्फिकुर रहिम, थिसारा पेरेरा, राशिद खान, मुस्तफिजुर रहमान, लासिथ मालिंगा, मुजिब उर रहमान र सन्दीप लामिछाने छन् ।

यस टिमका कप्तानी विराट कोहली वा के एल राहुल मध्ये एकले गर्नेछन । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया