घरेलु मैदानमा चेल्सीकाे लज्जास्पद हार

 फागुन १४, २०७६ बुधबार ६:४०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगमा इङ्ग्लिस क्लब चेल्सी पराजित भएको छ ।

स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा चेल्सी जर्मन क्लब बायर्न म्युनिकसँग तीन–शून्य गाेल अन्तरले पराजित भयो । यो पराजयसँगै चेल्सीको क्वार्टर फाइनल पुग्ने सम्भावना अत्यन्त न्यून बनेको छ ।

बायर्नको जितमा सेर्जी ग्नाब्रीले दुई गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ५१औँ र ५४औँ मिनेटमा ग्नाब्रीले गोल गर्दै बायर्नलाई दुई गोलको अग्रता दिलाएका थिए । यो दुवै गोलमा रोबर्ट लेवान्दोस्कीले एसिस्ट गरेका थिए ।

खेलकाे ७६औँ मिनेटमा लेवान्दोस्कीले पनि गोल गरे । खेल समयभरि दबाबमा परेको चेल्सीका मार्कोस अलोन्सो ८३औँ मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि चेल्सी झन् दबाबमा परेको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया