पौने एक अर्ब बजेट फ्रिज

 साउन ९, २०७५ बुधबार १५:५१:३४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – गएको आर्थिक वर्ष ०७४/०७५ मा रुकुम पश्चिममा ७५ करोड रकम फ्रिज भएको छ ।

स्थानीय तह र विषयगत कार्यालयहरुले खर्च गर्न नसकेको झण्डै पौने एक अर्ब बजेट फ्रिज भएको कोष तथा नियन्त्रण कार्यालय रुकुम पश्चिमले जनाएको छ । पश्चिम रुकुममा ७४ करोड ४५ लाख ८६ हजार आठ सय ६१ रुपैयाँ ७४ खर्च हुन नसकेर फिर्ता गएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

जम्मा ६ स्थानीय तह र विषयगत कार्यालयका लागि गएको वर्ष कुल ५ अर्ब ४४ करोड ४९ लाख २४ हजार दुई सय ४५ रुपैयाँ ३६ पैसा विनियोजन भएकोमा ४ अर्ब ७० करोड तीन लाख ३७ हजार तीन सय ६१ रुपैयाँ ६२ पैसा मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख इश्वरीप्रसाद ढकालले बताउनुभयो । 

कुल बजेटबाट चार अर्ब ६१ करोड १४ लाख ७१ हजार ६ सय ५० रुपैयाँ ३६ पैसा चालुतर्फ विनियोजन गरिएकोमा चार अर्ब एक करोड ९० लाख एक हजार आठ सय ४६ रुपैयाँ ८८ पैसा मात्र खर्च भयो ।

चालुतर्फको ५९ करोड २३ लाख ६९ हजार सात सय तीन रुपैयाँ ४८ पैसा फ्रिज भएको छ । पूँजीतर्फ चालुकोभन्दा बढी बजेट फ्रिज भएको छ । ८३ करोड ३५ लाख ५२ हजार पाँच सय ९५ रुपैयाँ विनियोजन गरिएकामा ६८ करोड १३ लाख ३५ हजार चार सय १४ रुपैया“ ७४ पैसा मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी जोगेन्द्र पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूँजीगततर्फको १५ करोड २२ लाख १७ हजार एक सय ८० रुपैया“ २६ पैसा फ्रिज भएको छ । यो पूँजीगततर्फको कुल बजेटको १८.२७ प्रतिशत हो । आर्थिक वर्ष २०७४/०७५ मा त्यस अघिका आर्थिक वर्षभन्दा केही बढी बजेट खर्च भएको बताइएको छ । 

साढे १० करोड राजश्व संकलन 

गएको आर्थिक वर्षमा जिल्लामा १० करोड ४१ लाख ९६ हजार सात सय २० रुपैयाँ १८ पैसा राजश्व संकलन भएको छ । यसैगरी धरौटीतर्फको कारोबार अन्तर्गत आम्दानीतर्फ पाँच करोड ४४ लाख ४४ हजार एक सय ४९ रुपैयाँ ९० पैसा रहेको छ भने खर्चतर्फ ८८ लाख ९७ हजार पाँच सय २१ रुपैयाँ १४ पैसा रहेको छ ।

धरोटीतर्फको कारोबार अन्तर्गत चार करोड ५५ लाख ४६ हजार ६ सय २८ रुपैया“ ७६ पैसा बाँकी रहेको जनाइएको छ । विविध खर्चतर्फ २ करोड ४८ लाख ५४ हजार ६ सय २३ रुपैयाँ ४० पैसा आम्दानी भएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया