वामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाकाे निर्णय

 फागुन १४, २०७६ बुधबार १३:५३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनित गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय भएको बताउनुभयो ।

अब गौतमलाई मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । यस्तै शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले तत्काल काम अघि नबढाउने भएको छ ।

राष्ट्रिय सभा सदस्यको हैसियत प्रतिनिधि सभा सदस्य बराबर हुने गरी संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय शनिबार भए पनि चौतर्फी विरोध भएपछि तत्काल काम अगाडि नबढाउने निर्णय बुधबारको सचिवालयले गरेको हो । कार्यदल बनाएको विषयमा पार्टीभित्र र बाहिरबाट विरोध भएको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

2 Comments

  • Shridhar

    Feb. 27, 2020, 5:20 p.m.

    के भन्नु "थुक्क " भनें मैले

  •  0 Reply
  • Amit Bac

    Feb. 26, 2020, 3:52 p.m.

    यस्ता हुन्जेल देशमा केहि हुनेवाला छैन , मलाई त हाँसो लाग्यो , हा हा हा

  •  0 Reply

तपाईको प्रतिक्रिया