टाटा स्कुल बसको नयाँ उपभोक्ता योजना : खरिदसँगै हात खाली नजाने उपहार

 फागुन १४, २०७६ बुधबार १३:५९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा मोटर्सकाे नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टाटा स्कुल बसको नयाँ उपभोक्ता योजना ल्याएको छ ।

यस योजना अन्तर्गत टाटा ब्राण्डका स्कूल बसको खरिदमा एक लाख नगद छुटसहित साेनीकाे ५५ इञ्च एलईडी टिभी/सामसङकाेकाे नाेट १०/म्याकबुक एअर ल्यापटप /क्याननकाे प्राेजेक्टर/थ्री इन वन प्रिण्टरमध्ये कुनै एक उपहारस्वरुप प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । 
 
यस योजनाले ग्राहकहरुकाे बदलिँदाे इच्छा र अकांक्षालाई पूरा गरी टाटा स्कुल बसकाे नेपाली बजारमा आफ्नो छुट्टै छवि कायम गर्न सहयोग पुग्ने कम्पनीले  विश्वास लिएकाे छ ।

टाटाका यी बसहरु विद्यार्थीहरुको सुरक्षा, सुविधा र आरामलाई ध्यानमा राखेर  नेपाल सरकारद्वारा प्रतिपादित विद्यालय बस सम्बन्धी सुरक्षाका नियम र मापदण्डको पूर्ण पालना गरी बनाइएकाे कम्पनीकाे दावी छ। एसी भएका र नभएका गरी यी बसहरु १४, १८, २०, २६, ३६, ४०, ४६, ५० र ५५ सिट क्षमताका विभिन्न मोडलहरुमा उपलब्ध गराइएकाे छ।

उच्च प्राविधिक विशेषता सम्पन्न यी बसहरु धेरै समय टिक्ने र यिनीहरुकाे पुन: बिक्री मूल्य पनि राम्राे आउने कम्पनीकाे दावी छ ।  

अन्तिम अपडेट: चैत ९, २०८०

1 Comments

  • Bhim Prasad Rai

    Aug. 30, 2023, 11:20 a.m.

    ४६ सिट क्षमता भएको बसको हालको मूल्य कति पर्न आउँछ कृपया बताइदिनुहोला हामिलाइ तत्काल चाहिएको छ।बिस्तृत बिबरण मेल गरिदिनुहोला।

  •  0 Reply

तपाईको प्रतिक्रिया