हाेपले ताेडे बाबर आजमको रेकर्ड

 फागुन १४, २०७६ बुधबार १८:२५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

वेस्ट इण्डिजका ओपनिङ ब्याट्सम्यान तथा विकेटकीपर शेई होपले पाकिस्तानी क्रिकेटर बाबर आजमको रेकर्ड ताेडेका छन् ।

शनिबार श्रीलंकाविरुद्ध शतकीय पारी खेलेका होपले आजमको रेकर्ड तोडेका हुन् । आजमको रेकर्ड ताेड्दै होप एशियामा सबैभन्दा कम पारीमा १ हजार एक दिवसीय रन बनाउने पहिलो खेलाडी बनेका छन् ।

यो उपलब्धि उनले १५ पारीमा हासिल गरेका हुन् । बाबरले १७ पारीमा १ हजार रन पूरा गरेका थिए । यस्तै दक्षिण अफ्रिकाका गेरी क्रश्टनले १८ पारीमा १ हजार रन पूरा गरेका थिए ।

होप एशियामा वेस्ट ण्डिजका तर्फबाट सबैभन्दा धेरै शतक बनाउने खेलाडीको पनि दोस्रो स्थानमा रहेका छन् । उनी र मार्लन स्यामुयल्स दुवैले ६–६ पटक शतक बनाएका छन् । क्रिस गेल भने सर्वाधिक ८ शतकका साथ शीर्ष स्थानमा छन् ।

होपको पछिल्लोे १५ पार‍ीमा भारतमा तीन, बंगलादेशमा २ तथा श्रीलंकामा एक शतक बनाइसकेका छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया