पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघकाे आग्रह

 फागुन १४, २०७६ बुधबार १८:५१:५६ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल पत्रकार महासंघले हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासंघमा शिवाकोटीले जानकारी गराउनु भएकाले सुरक्षा व्यवस्था मिलाउन माग गरेको जानकारी गराउनुभयो । 

उहाँले पत्रकार शिवाकाेटीले महासंघमा आफ्नाे सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गर्नुभएको जानकारी दिनुभयो ।

शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिले शङ्कास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासङ्घलाई जानकारी गराउनुभएको महासचिव विष्टले बताउनुभयो । उहाँले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासङ्घ भरत्सना गर्ने पनि बताउनुभयाे ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया