प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
कैलाली - राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश भाषा, कला, साहित्य र संस्कृतिको उर्वर भूमि भएको बताउनुभएको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा बुधबारदेखि सुरु भएको विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।
उहाँले सुदूरपश्चिम प्रदेशको भाषा, कला, साहित्य र संस्कृतिको पहिचान गराउँन जयपृथ्वी बहादुर सिंह र पहलमान सिंह स्वाँरको अहम भूमिका रहेकोसमेत बताउनुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले उहाँले भाषा, कला, साहित्य र संस्कृतिले मानिसलाई एक आपसमा जोड्न सहयोग पुग्ने दावी गर्नुभयो ।
पछिल्लो समय नेपाली भाषा विश्व भाषाका रुपमा विकास हुँदै गएका कारण यसको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने भण्डारीकाे अभिव्यक्ति थियाे।
विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन कार्यक्रममा साहित्यकार तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई एक लाख नगदसहित सम्मान गरिएको छ । त्यस्तै पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्द, आरडी प्रकाश चटौत, बद्रिनाथ भण्डारी र तुलसीराम जोशीलाई पनि सम्मान गरिएको छ ।
फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयहरुमा सत्रहरु हुनेछन् । १६ गते सम्म सुदूरपश्चिममा राष्ट्रपति भण्डारीले दार्चुलामा रहेकाे मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरिक्षण, बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै डडेल्धुरामा रहेकाे उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।