एभरेस्ट प्रिमियर लिगकाे खेल तालिका सार्वजनिक, फाइनल चैत १५ गते

 फागुन १५, २०७६ बिहिबार ११:३८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आउँदाे चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुन लागेको प्रतियाेगिताकाे बिहीबार तालिका सार्वजनिक भएको हो । प्रतियोगिता अन्तर्गत पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ । तर लिग चरणको अन्तिम दुई खेल भने हरेक दिन हुनेछ  ।

६ वटा टिमले सहभागीता जनाउन लागेको प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियोट्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्नेछन् । यो खेल दिउँसो २ बजेदेखि सुरु हुने छ ।

दोस्रो दिनबाट भने बिहान १० बजे पहिलो र २ बजे दाेस्रो खेल हुनेछ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया