कार दुर्घटना अपडेट : सीपी मैनालीकाे ग्राण्डी अस्पतालमा उपचार हुँदै

 फागुन १५, २०७६ बिहिबार १८:४६:५० | धनवीर महतो
unn.prixa.net

महोत्तरी - बर्दीवास नगरपालिका ३ कालापानीमा भएकाे कार दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीकाे काठमाण्डाैकाे ग्राण्डी अस्पतालमा उपचार भइरहेकाे छ । 

स्थानीय जनसेवा हस्पिटलमा उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि सेनाकाे हेलिकप्टरमार्फत ग्राण्डी अस्पताल लगिएकाे हाे । 

मैनालीसँगै जनसेवा हस्पिटलमा प्रारम्भीक उपचारपछि मैनालीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति पी एन मैनाली र चालक रामप्रसाद पौडेललाई पनि काठमाण्डौ लगिएको छ । 

मैनाली भतिजीको विवाह सकेर झापाबाट काठमाण्डौकाे लागि बा ७ च २१२० नम्बरको कारमा आउँदै गर्दा कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पीकअप भ्यानले ठक्‍कर दिँदा दुर्घटना भएको थियाे । 

जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीका अनुसार दुर्घटनामा मैनालीकी बुहारी पूजाको दुबै खुट्टा भाँचिएको छ भने कार चालक पौडेलको टाउको र अनुहारमा चोट लागेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया