बैतडीका ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग कायम

 फागुन १६, २०७६ शुक्रबार २१:२:१० | डीबी बिष्ट
unn.prixa.net

बैतडी - बैतडीकाे ग्रामीण क्षेत्रका नागरिक अझै पनि ढिके नुनको प्रयोग गर्ने गरेका छन् ।

जिल्लाको दुर्गम सिगास गाउँपालिकाको विकेट क्षेत्रका नागरिक अझै पनि ढिके नुन प्रयोग गरिरहेका हुन् । प्याकेटको आयोडिनयुक्त नुन प्रयोग गर्ने बानी नभएकोले अधिकांश नागरिकले ढिके नुन प्रयोग गरिरहेका स्थानीय धनबहादुर ऐरले बताउनुभयो ।

कसैले आयोडिन नुनलाई मन नपराउने तथा मात्रा मिलाउन नजारेर आयोडिन नुन प्रयोग नगर्ने गरेको उहाँले बताउनुभयो । यसका साथै ढिके नुनभन्दा आयोडिनयुक्त नुन केही महंगो भएर पनि धैरेले प्रयोग नगर्ने गरेका पाइएको छ ।

 स्थानीय बजारमा ढिके नुन १५ रुपैयाँमा प्रतिकिलो प

भने आयोडिनयुक्त नुनको प्रतिकिलो २० रुपैयाँ पर्ने गरेको छ । खानको लागि ढिके नुनभन्दा आयोडिनयुक्त नुन फाइदाजनक भए पनि चेतनाको अभावका कारण पनि ढिके नुनकाे प्रयाेग कायम छ ।

केहीलाई चेतनाको अभाव र केहीलाई महंगो लाग्ने भएकोले पनि ढिके नुनले नै बढावा पाएको सिगासकै प्रेमसिंह साउँदले बताउनुभयो  ।

 प्रायः पाका उमेरका स्थानीयले आयोडिनयुक्त नुनभन्दा ढिके नुन प्रयोग गर्ने गरेको स्थानीय युवा हिमाल साउँदले बताउनुभयो । चेतनाको अभावले पनि आयोडिनयुक्त नुनको प्रयोग गर्नेको संख्या बढ्न नसकेको उहाँको बुझाइ छ ।

साल्ट्र ट्रेडिङ डिपो कार्यालय बैतडीका प्रमुख नरेन्द्र धामीले पनि चेतना अभावकै कारण आयोडिन नुनको प्रयोग कम हुने गरेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया