नेपालको नयाँ नक्सा छिट्टै सार्वजनिक गरिने

 फागुन १७, २०७६ शनिबार ६:४३:५८ | रासस
unn.prixa.net

काठमाण्डाै - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताउनुभएको छ ।   

मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नयाँ नक्साबारे सुझाव दिन प्राविधिक समितिले सुझाव पेश गरेको बताउनुभयो । नापी विभागको पनि प्राविधिक टोली त्यसमा क्रियाशील रहेकाले काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । 

अव्यवस्थित बसोबास र सुकुम्वासीको समस्या समाधानका लागि आयोग निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले जानकारी गराउनुभयो । कानुन निर्माणपछि कार्यान्वयन गर्न कानुनको मातहतमा गएर नियमावली बनाउने र गठन आदेश निर्माण गरेर आयोग बनाउने काम अगाडि बढेको मन्त्री अर्यालले बताउनुभयो ।

‘अर्थ मन्त्रालयमा गठन आदेश पुगेको छ, सबै प्रक्रिया पूरा गरेपछि आयोग गठन हुन्छ’, उहाँले भन्नुभयो, ‘आयोग गठनको अन्तिम चरणमा छ, यो आयोग कानूनबाट निर्मित आयोग हो र यो शक्तिशाली हुन्छ ।’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया