काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आईएसओ १५१८९ मान्यता पाउने प्रबल संभावना भएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको यो प्रमाणपत्र पाएपछि नेपालमा नै सबैखाले परीक्षणले मान्यता पाउने छ । पहिलाको तुलनामा अहिले धेरै नयाँ प्रविधिको प्रयोग गरेर आईएसओ मान्यता नजिक पुगेको निर्देशक डाक्टर रुणा झाले बताउनु भयो ।
आईएसओ प्रमाणीकरणका लागि सयभन्दा बढी कागजपत्र तयार पारेको डाक्टर झाले भन्नुभयो । आर्ईएसओ सर्टिफाईड हुनका लागि आईएसओ वान फाईभ वान एट नाईन प्रमाणीकरण हुनुपर्छ ।
‘अहिले सम्म निजी संस्थाबाट संभव नभएकाले सारकारी तवरबाट यो मान्यता पाउनु धेरै ठूलो उदाहरण हुनेछ’, डा. झाले भन्नुभयो ।
यो मान्तया पाएपछि विश्वभर नै राम्रो सूचना प्रवाह गर्न सकिने उहाँको दावी छ । अहिले कोरोना तथा इन्फ्लुएन्जाको रिपोर्टको लागि चार जना लगातार आठ घण्टासम्म खटिनुपर्ने डाक्टर झाले बताउनुभयो ।