माैसम : आज पहाडका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

 फागुन १७, २०७६ शनिबार ९:२२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पहाडका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने संभावना छ । पश्चिमी वायुको प्रभावले पश्चिमका धेरै तथा मध्य र पूर्वका थोरै पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले अरु ठाउँको मौसम आंशिक बदली हुनेछ । तर यो पश्चिमी वायु कमजोर भएकाले यसअघिको जस्तो धेरै पानी भने कतै पनि नपर्ने उहाँको भनाई छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया