स्याङ्जाका लुइँटेल विश्व भ्रमणमा : १२ वर्षमा ८ लाख किमि यात्रा गर्ने

 फागुन १८, २०७६ आइतबार १४:५३:५२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाका ३० वर्षे यामप्रसाद लुइँटेल शनिबार देखि विश्वभ्रमणमा निस्किएका छन् ।

वालिङ नगरपालिका १४ तमादीका लुइँटेलले मोटरसाइकलमार्फत विश्व भ्रमण गर्न लागेका हुन् ।  विश्व भ्रमणमा निस्केका भएका लुइँटेललाई वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँडले वालिङबाट विधिवतरुपमा विश्वभ्रमण सफल यात्राको कामनासहित शुभारम्भ गर्नुभएको हो ।

भ्रमण वर्ष २०२० को अवसरमा ८ लाख किलोमिटर यात्रा गरी विश्वभर १ सय ९२ देश घुमेर नेपाललाई चिनाउँदै गिनिज बुकमा आफनो नाम लेखाउने उदेश्यका साथ विश्वभ्रमणमा निस्किएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हाल अष्ट्रियाका स्टोन इमेलियाको ७ लाख ३५ हजार किलोमिटरको रेकर्डको यात्रालाई उछिन्नेछु ।’ 

विश्व भ्रमणका निस्केका लुइँटेललाई जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, गल्याङ नगरप्रमुख भूपराज अधिकारी, पुतलीबजार नगरउपप्रमुख महेश पुरी, निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव गिरी, जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्याल पत्रकार महासंघका उपाध्यक्ष अर्जुन काफ्लेलगायतले बिदाइ गरेका थिए ।

अन्तिम अपडेट: बैशाख २, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया