सप्तरीमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयाे

 फागुन १८, २०७६ आइतबार १८:८:५६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

कञ्चनरुप नगरपालिका-५, पथरी टोलकी ४१ वर्षीया चन्द्रिकादेवी मुखियाको हात्तीकाे आक्रमणमा परेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी तिलक भारतीले जानकारी दिनुभयो ।

मृतक मुखिया काेशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्रको जङ्गलमा घाँस/दाउरा काट्न गएकाे बेला हात्तीले आक्रमण गरेकाे हाे ।

यसअघि फागुन ३ गते सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका-६ मा रहेकाे मझौ सामुदायिक वन क्षेत्रमा आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गरेर तिरहुत गाउँपालिका-१ का ७० वर्षीय रामफल मेहतालाई घाइते बनाएको थियो ।

केही समययता यस क्षेत्रमा जङ्गली हात्तीको आतङ्कका कारण स्थानीयहरु रातभर जाग्राम बस्न बाध्य छन । कुनै पनि निकायले अहिलेसम्म हात्ती पीडितहरुको जीउज्यान र धनजनको सुरक्षाका लागि आवश्यक कदम नचालेकाे स्थानीयहरुको आराेप छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया