सुर्खेतमा पहिलाे कर्णाली महोत्सव : सरकारका तीन तहबारे छलफल  हुने

 फागुन १९, २०७६ सोमबार ९:४:४७ | मुना हमाल
unn.prixa.net

सुर्खेत - ‘कुडा कर्णालीका’ मुख्य नारासहित 'कर्णाली उत्सव' साेमबारदेखि सुरु हुँदैछ । कर्णालीलाई चिन्न र चिनाउनका लागि आयोजना गरिएको महाेत्सव  सुर्खेत वीरेन्द्रनगरको बुलबुले उद्यानमा सुरु हुनेछ । 

उत्सवमा कर्णालीको साहित्यसँगै आर्थिक, सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयमा बहस हुुने कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले जानकारी दिनुभयो । 

उत्सवमा आज सरकारका तीन तहका बारेमा छलफल गर्ने सत्र 'बहकाउने कर्णालीका बह, खस भाषा सभ्यता र समाज' विषयमा छलफल गर्ने सत्र खसका खासखुस शीर्षकमा अन्तरक्रिया हुने संयोजक लम्सालले जानकारी दिनुभयो । 

यस्तै आजै कर्णालीका संस्कार र समानता तथा रंगमञ्चमा कर्णाली शीर्षकमा समेत अन्तरक्रिया हुनेछ । तीन दिनसम्म चल्ने उत्सवमा कर्णालीमा उद्यमशीलता, वेरोजगारी, वैदेशिक रोजगारी युवा तथा श्रम आप्रवासनको अवस्थामाथि बहस  गर्न 'काला पहाडका तोडा' नामको सेसन पनि राखिएको छ । 

कर्णाली उत्सवमा प्रदेशमा विकासको वर्तमान अवस्था, पछाडि पारिनुका कारण, अबको बाटो, सार्वजनिक सरोकारका विषयहरुमा नागरिकहरुले प्रश्न गर्नुपर्ने कारण लगायतका विषय समेटेर 'प्रश्न किन गर्ने ?' भन्ने सत्र पनि राखिएकाे छ । 

प्रदेशको अर्थतन्त्रका मुख्य आधार, लगानीका प्रमुख क्षेत्र, कर्णालीमा लगानी कसरी आकर्षित गर्न सकिन्छ भन्ने बारेमा पनि बहस गरिने आयोजकले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया