प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
रामेछाप – जिल्लामा दरबन्दी अनुसारको कर्मचारी नहुँदा जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरीको खडेरी परेको छ ।
जिल्लाभरमा ४ सय ६९ जना दरबन्दी रहेकोमा जिल्ला प्रहरी कार्यालय मन्थलीमा २० जना दरबन्दी लामो समयदेखि रिक्त छ । उक्त दरबन्दीमा पटक–पटक कर्मचारी माग गर्दा समेत कर्मचारी आएका छैनन् । पर्याप्त कर्मचारी नहुँदा दैनिक काममा समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मन्थलीमा प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी हवल्दार २ जना, प्रहरी जवान १४ जना र प्रहरी कार्यालय सहायक १ जना गरी २० जनाको दरबन्दी रिक्त रहेको कार्यालयका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिनुभयो ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।