मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गर्ने ५ जना जेल चलान

 जेठ ११, २०७५ शुक्रबार १४:२४:५१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी, जेठ ११ – जिल्ला अदालत गुल्मीले मानसिक सन्तुलन गुमाएकी ३४ वर्षीया महिलालाई बलात्कार गर्ने पाँच जनालाई कैद सजायँको फैसला गरकोे छ ।

जिल्ला न्यायधीश रामप्रसाद न्यौपानेको इजलाशले यो फैसला गरेको हो । 

गुल्मीको मुसिकोट नगरपालिका १ का १८ वर्षीय बुद्ध नेपाली र १६ वर्षीय सुरेश नेपालीलाई १० वर्ष कैद र २५ हजार जरिवाना, यही ठाउँका १० वर्षीय रेशम नेपाली नावालक भएकाले पाँच वर्ष कैद र २५ हजार जरिवाना, २४ वर्षीय ध्रुव थापा र १८ वर्षीय हरिबहादुर खत्रीलाई तीन महिना कैद सजायँ तोकिएको छ ।

उनीहरुलाई गएको असोज १५ गते मुसिकोट नगरपालिका – १ मा मानसिक सन्तुलन गुमाएकी महिलालाई सामुहिक बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरि जबरजस्ती करणीमा मुद्दा चलाएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया