सुुर्खेतमा जीप दुुर्घटना हुुँदा तीन जनाको ज्यान गयो

 फागुन २१, २०७६ बुधबार १२:४९:३७ | मुना हमाल
unn.prixa.net

सुर्खेत - वीरेन्द्रनगर नगरपालिकामा  जीप  दुुर्घटना हुुँदा तीन जनाको ज्यान गएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा एक जना महिला र दुुई जना पुरुष रहेकाे तर मृतकहरुकाे अन्य पहिचान नखुलेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले जानकारी दिनुभयाे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जीपमा रहेका अन्य चार जना गम्भीर घाइते भएका छन् । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०००७ नम्बरको जिप रातानाङ्ला धरमपोखरा सडकखण्डमा पर्ने राउटे गल्छेनामा दुर्घटना भएको हो ।

जीप अनियन्त्रित भएर सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरी उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ । दुुर्घटनाको थप विवरण आउन बाँकी  छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया