म्यान्चेस्टर सिटी र लेस्टर सिटी एफए कपकाे क्वार्टर फाइनलमा प्रवेश

 फागुन २२, २०७६ बिहिबार ७:१०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगका अग्रस्थानका म्यान्चेस्टर सिटी र लेस्टर सिटी एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले शेफिल्ड वेनस्डेलाई एक–शून्यलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । लेस्टर सिटीले पनि बर्गिङ्घम सिटीमाथि एक–शून्यकाे जित निकाल्यो ।

सिटीको जितमा सर्जियो अग्युराेकाे दोस्रो हाफको गोल निर्णायक बन्यो । उनले खेलको ५३ औँ मिनेटमा गोल गरेका थिए । 

लेस्टर सिटीलाई जित दिलाउनका लागि डिफेन्डर रिकार्डो पेरेराले निर्णायक गोल गरे । उनले ८२ औँ मिनेटमा गोल गरे । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया