काभ्रेमा बस पल्टिँदा २८ जना घाइते

 साउन १०, २०७५ बिहिबार ८:५५:१५ | कपिल कोइराला
unn.prixa.net

काभ्रे – धुलिखेल नगरपालिका ६ बेइजिङ प्लान्ट नजिकै यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् ।

भकुण्डेबाट बनेपा आउँदै गरेको हिमाल–तराई यातायातको  बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भइ सडकबाट खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

३३ यात्रु लिएर आइरहेको बसमा बिहानको समय भएकाले अधिंकाश कलेज पढ्न आउने विद्यार्थीहरु रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रविराज खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको  छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया