सेमिफाइलन नखेली भारतीय महिला टिम विश्वकपकाे फाइनलमा

 फागुन २२, २०७६ बिहिबार ११:३९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय महिला क्रिकेट टिम सेमिफाइनलमा एक बल पनि नखेल्दै आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । 

भारतीय महिला क्रिकेट टिम पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो । 

बिहीबार टी–२० विश्वकपको सेमिफाइनलमा भारतले इङ्ग्ल्याण्डसँग खेल्नुपर्ने थियो तर भारी वर्षाका कारण खेल हुन पाएन । 

सेमिफाइनलको लागि कुनै रिजर्भ डे राखिएको थिएन, जसका कारण भारतीय टिम सिधै फाइनल पुगेको हो । 

भारतीय महिला टिम ८ अङ्कको साथ आफ्नो समूहको शीर्ष स्थानमा थियो, इङ्ग्ल्याण्डको महिला टिम भने ६ अङ्कको साथ दोस्रो नम्बरमा थियो । 
समूह ए मा रहेको भारतीय टिम सबै खेल जित्दै शीर्ष स्थानमा पुगेको थियो । 

महिला टी–२० विश्वकपको फाइनल खेल आइतबार हुने तय भएको छ, आयोजकहरुले यस वर्षको फाइनलमा कीर्तिमानी सङ्ख्यामा दर्शक उपस्थित हुने बताएका छन् ।   

फाइनलमा भारतीय महिला टिमले दक्षिण अफ्रिका र अस्ट्रेलिया महिला टिमबीचकाे विजेतासँग खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया