ब्राजिलका फुटबलर राेनाल्डिन्हाे पक्राउ

 फागुन २२, २०७६ बिहिबार १३:१३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ब्राजिलका चर्चित फुटबलर रोनाल्डिन्हो पक्राउ परेका छन् । पाराग्वे जाने क्रममा नक्कली पासपोर्ट प्रयोग गरेका कारण उनलाई पक्राउ गरिएको हो ।

३९ वर्षीय रोनाल्डिन्हो सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टिमका सदस्य थिए । बुधबार राति आफ्ना भाइ रोबर्टोसँग पाराग्वे जाने क्रममा उनी पक्राउ परेका थिए ।

रोनाडिन्हो अहिले ब्राजिलको पासपोर्ट बोक्न नपाउने भएका छन् । सन् २०१८ मा पर्यावरण कानुन उल्लङ्घन गरेको आरोपमा उनी कारबाहीमा परेका थिए ।

सन् २०१५ मा अवैधरुपमा माछा मारेका कारण उनलाई कारबाही गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया