अन्तिम खेलमा नेपाल सुखद नतिजाकाे पर्खाइमा

 फागुन २३, २०७६ शुक्रबार ८:२१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले शुक्रबार अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैछ ।

अहिलेसम्म तीन वटा खेल खेलेको नेपालले दुईमा पराजित र एक खेलमा मात्रै जित निकाल्न सफल भएको छ । जसका कारण नेपालकाे शीर्ष दुईमा रहँदै एसिया कपको छनोट खेल्ने यात्रा भने टुङ्गिएको छ ।

नेपाल मलेसिया र हङकङसँग पराजित भएको थियो भने घरेलु टोली थाइल्याण्डलाई पराजित गरेको थियो । शुक्रबार प्रतिष्ठाको रुपमा लिएको नेपाल र सिङ्गापुरबीचको खेल बिहान सवा ८ बजेदेखि सुरु हुनु पर्नेमा वर्षाका कारण अहिलेसम्म टस हुन सकेको छैन ।

लगातार तीन खेल जित्दै शीर्ष स्थानमा रहेकाे सिङ्गापुर नेपालविरुद्ध पनि जित निकाल्दै अपराजित रहने लक्ष्यमा हुने छ । नेपाल भने सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेर फर्कने दाउमा छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया