काेराेना त्रास : प्रिमियर लिगमा 'ह्याण्डशेक' प्रतिबन्ध

 फागुन २३, २०७६ शुक्रबार ९:३४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेभिड–नाइन्टिनकाे सङ्क्रमणलाई मध्यनजर गर्दै इङ्ग्लिस प्रिमियर लिगमा 'ह्याण्डशेक' (हस्तमिलन) प्रतिबन्ध गरिएको छ ।

खेल सुरु हुनुअघि दुई टिमबीच फेयर प्ले ह्याण्डशेक अर्को सूचना नआएसम्मका लागि नगर्न सबैमा निर्देशन दिइएको हो ।

विज्ञप्ति निकाल्दै प्रिमियर लिगले भनेको छ, ‘स्वास्थ्यसम्बन्धी सल्लाहअनुसार प्रिमियर लिगको खेलअघि खेलाडी र म्याच अफिसियलबीच हुने फेयर प्ले ह्याण्डशेक अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ ।’ 

'बोल्दा, हाच्छँयु गर्दा वा खोक्दा मुखबाट निस्कने थुक र र्‍यालको छिटा हातसम्म पुग्ने र ह्याण्डशेक गर्दा सङ्क्रमण सर्ने जाेखिम हुन्छ', विज्ञप्तिमा भनिएकाे छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया