पाल्पामा टिप्परकाे ठक्करबाट श्रीमतीको ज्यान गयो, श्रीमान गम्भीर घाइते

 फागुन २३, २०७६ शुक्रबार १४:९:२६ | देव पचभैया
unn.prixa.net

पाल्पा- टिप्परको ठक्करबाट शुक्रबार दिउँसो पाल्पामा एक जनाकाे ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

तानसेन-७, लामीडाँडामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलकाे पछाडि सिटमा बसेकी तानसेन-७ की ५५ वर्षीया मधु श्रेष्ठको ज्यान गएको हो । मोटरसाइकल चलाइरहेका मधुका श्रीमान ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । उहाँको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार तानसेनबाट बुटवल जाँदै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई त्यसै दिशातर्फ जाँदै गरेकाे लु २ ख ३१७८ नम्बरको टिप्परले ठक्कर दिएको हो ।

ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया