व्यङ्ग्य - कोरोनाको नेपाल भ्रमण

 फागुन २४, २०७६ शनिबार ८:२:४७ | मिलन तिमिल्सिना
unn.prixa.net

चीनमा जन्मेको कोरोनाले नेपालीहरु ज्याद्रा छन् भन्ने सुनेपछि  नेपालीका विषयमा विस्तृत जानकारी संकलन ग¥यो । नेपालीले चीनमा बनेका मालवस्तु औधी मन पराउँछन् भन्ने कुरा कोरोनाले सबैभन्दा पहिले थाहा पायो । साथै थाहा पायो, नेपालीले बातबातमा भन्ने गरेको उखान जस्तो ‘मेड इन चाइना, आज छ भोलि छैन’ भन्ने वाक्यांश पनि । 

चाइनिज सामान टिक्दैन भन्ने उखानै बनाए पनि सबै नेपालीको आङ चिनियाँ कपडाले ढाकिएको कुरा कोरोनाले थाहा नपाउने कुरा भएन । तर यति धेरै जानकारी पाउँदासम्म पनि कोरोनाले नेपालीसित अहिलेसम्म उठबस र संगत गर्न पाएको थिएन । त्यसैले, कोरोना तत्कालै एकपटक नेपाल भ्रमण गर्ने निधोमा पुग्यो । हिँडेर जाउँ भने भारतबाट जस्तो सजिलो नाका छैन । त्यसैले कोरोनाले हवाई यात्रा गर्ने निर्णय गर्‍यो ।

 

सीडीओ कार्यालयबाट उर्दी आएको रहेछ, ‘होली नखेल्नु, घरबाट बाहिर ननिस्कनू ।’ अनि प्रदेश र पालिकाहरुले त औषधी नै बनाएछन्, ‘कोरोनाबाट बच्न बेसार, लसुन र बोझो खानु ।’

अरु देशमा जस्तो जहाज चढेर नेपाल जाँदा गाह्रो नहुने रहेछ । अरु देश जाँदा त विमानस्थल बाहिरदेखि जहाजभित्रैसम्म औषधी छेपेर हैरान पार्ने । नेपाल जाने जहाजमा त यात्रुका मालसामान बढी जाँच गर्ने रहेछन्, कोरोनाको मतलब नै छैन ।

कोरोना निर्धक्क जहाजबाट त्रिभुवन विमानस्थल ओर्लियो । विमानस्थलमा चाहिँ यसो जाँच गरेजस्तो गर्दा रहेछन् । खेतबारीमा चरो तर्साउन राखिने बुख्याँचा जस्तो ज्वरो नाप्ने मेसिन । मान्छेलाई अलमल पारे पनि कोरोनालाई रौंजति पनि छुन नसक्ने । विमानस्थलबाट बाहिरिन पनि गाह्रो भएन । 

‘चैत ५ गतेसम्म परीक्षा सक्नु, अनि बिदा दिनु’ शिक्षा मन्त्रालयको निर्देशन । त्यो देखेर कोरोनालाई लाग्यो, ‘ए चैत ५ गतेसम्म चाहिँ केही हुन्न, त्यसपछि कोरोना आउन सक्छ भनेका होलान् । कति ढुक्क, कति जान्ने नेपाली ! मिति नै तोकेर यतिबेलासम्म सक्नू, त्यसपछि मात्रै हो कोरोना लाग्ने भन्ने जानकारी ! यहाँ आफू आइसकें भन्ने चाहिँ यिनलाई के थाहा !’

‘हैन नेपालीलाई किन कोरोनादेखि डर छैन ? न जहाजमा पस्ने बेला कडा जाँच, न विमानस्थलबाट बाहिरिने बेला सोधीखोजी र छेकबार ?’ कोरोनालाई आश्चर्य लाग्यो । 
अचम्म मान्दै हिँडिरहेको बेला बाटोमा बुङ्बुङ्ती धुलो उड्न थाल्यो । ‘ओहो कस्तो धुलो ? धुवाँ उस्तै पिरो । धुवाँ र धुलोले निस्सासिएर मरिएला जस्तो ।’ बाटोमा हिँडिरहेको कोरोना बल्लतल्ल धुलो र धुवाँबाट उम्कियो । आँखा मिच्दै सडक छेउमा उभियो । उताबाट एउटा टिप्पर बेतोडले आउँदै रहेछ । अघिपछि, दायाँबायाँ, छेउकुना कतै नहेरी कुदेको टिप्परले झण्डै ठक्कर दिएन । कोरोना झसङ्ग भयो । 

‘ओहो नेपाल त अरु देशजस्तो सजिलो हैन रहेछ । धुवाँधुलोले नै मरिएला भन्ने डर । धुलोधुवाँबाट जोगिएमा पनि टिप्परले हानेर मार्ला भन्ने डर । धन्न टिप्परबाट पनि जोगियो ।’ 

एकछिन अझै घुमौं न त भनेर कोरोना संसद भवन छिर्यो । छिर्नेबित्तिकै देखियो गाँजा विधेयक ! गाँजा अर्थात भगवानको प्रसाद । त्यहाँमाथि काठमाण्डौमा जता हिँड्यो उतै भगवान । विमानस्थलको छेउमै पशुपतिनाथ भगवान । त्यहाँबाट परतिर गए बाटैभरि भगवान । अनि संसदमा त्यही भगवानको प्रसाद गाँजा विधेयक । भगवानलाई त लट्ठ पार्ने गाँजाले आफ्नो हालत झन् के होला ? गाँजा विधेयकको कागज देख्नेबित्तिकै कोरोना तर्सिएर हिँड्यो । 

त्यहाँबाट सरकारी कार्यालय पुग्यो । कार्यालयको झ्यालबाहिर सेवाग्राहीको भिड, भित्र कर्मचारीको आफ्नै सुर । बातैपिच्छे ‘आज होइन, भोलि आउनुहोस्’ भन्दा रहेछन् । अनि त्यो भोलि चाहिँ कहिल्यै नआउने रहेछ । झ्यालमा उभिएका कोरोनालाई पनि सरकारी कर्मचारीले हेर्दै नहेरी भने, ‘आज होइन, भोलि आउनु ।’
‘म अरुजस्तो होइन, कोरोना भाइरस हुँ’ भन्न लागेको थियो, तर आँट आएन । त्यसमाथि सरकारी कार्यालय, विभाग, मन्त्रालयदेखि पालिकासम्मले कोरोनाको जोखिमबाट बच्न भन्दै थरीथरीका निर्देशन र निर्णय भएका रहेछन् । 

‘चैत ५ गतेसम्म परीक्षा सक्नु, अनि बिदा दिनु’ शिक्षा मन्त्रालयको निर्देशन । त्यो देखेर कोरोनालाई लाग्यो, ‘ए चैत ५ गतेसम्म चाहिँ केही हुन्न, त्यसपछि कोरोना आउन सक्छ भनेका होलान् । कति ढुक्क, कति जान्ने नेपाली ! मिति नै तोकेर यतिबेलासम्म सक्नू, त्यसपछि मात्रै हो कोरोना लाग्ने भन्ने जानकारी ! यहाँ आफू आइसकें भन्ने चाहिँ यिनलाई के थाहा !’

सीडीओ कार्यालयबाट उर्दी आएको रहेछ, ‘होली नखेल्नु, घरबाट बाहिर ननिस्कनू ।’ अनि प्रदेश र पालिकाहरुले त औषधी नै बनाएछन्, ‘कोरोनाबाट बच्न बेसार, लसुन र बोझो खानु ।’

गाउँगाउँमा धामीझाँक्री र वैद्य । घरघरमा डाक्टर । जता हेर्यो, उतै सूचना र ओखतीमुलोको विधि । ‘सचेत हुनुहोस्, सुरक्षित हुनुहोस्, टिमुर, कागती, बोझो, हर्रो, बर्रो जस्ता जडिबुटी मिसाएर गेडागुडीको झोल प्रशस्त खानुहोस् । गुर्जोको झोल दुई तीन दिन बिराएर एकपटक पिउनुहोस् । गाईको पिसाब थोरै मात्रामा राखेर पानीमा मिसाएर दुई तीन दिन बिराएर सेवन गर्नुहोस् । कोदो, मकै, फापर जस्ता स्थानीय उत्पादन र विषादी नमिसिएका सागसब्जी फलफुल सेवन गर्नुहोस् । हुलमा नजानुहोस, हात नमिलाउनुहोस् ।......’

यति मात्र हो र, ‘यहाँ कोरोनाको उपचार गरिन्छ’, ‘यहाँ कोरोनाको औषधी पाइन्छ’ पनि भनेर लेखिएका । कति ठाउँमा त कोरोनाबिरुद्ध र्याली नै निस्केका । अनि कोरोना भनेर परीक्षणमा राखिएका जति सबैको रिपोर्ट नेगेटिभ । रिपोर्ट आउन बाँकी भएका चाहिँ अस्पतालबाटै कुलेलम । 
ओहो नेपालीलाई त्यसै बहादुर भनेको होइन रहेछ, बिरामी नै अस्पतालबाट बेपत्ता हुन सक्ने । त्यसै बिद्वान भनिएको हैन रहेछ, कोरोनाको ओखती र जडिबुटी नै पत्ता लगाउन सक्ने । साह्रै ज्याद्रा नेपाली ! 

लुकीलुकी घुमिरहँदा पनि सुनपानी छर्केर र फूमन्तर गरेर मार्लान् भन्ने डर ! जता फर्के पनि डर र त्रासमा फसेपछि चीनबाट आएको कोरोना नेपाल भ्रमणका सबै कार्यक्रम स्थगित गरि टाउको लुकाएर बसेको छ । 

अस्तिताकासम्म मास्क लगाउने एक दुई जना मात्रै हुन्थे । अहिले पसलमा मास्क खोज्नेको ठेलम्ठेल । दुई रुपैयाँमा पाइने मास्कको भाउ बढेर १०० रुपैयाँसम्म पुगेछ । मास्क नै पाइएन भन्दै हातले मुख छोपेर पसलबाट फर्कने नेपाली ज्याद्रा ! यति महंगोमा पनि कसैले किन्छ भनेर पसलेलाई गाली गर्दै हिँड्ने नेपाली ज्याद्रा ! अनि दुई रुपैयाँको मास्कबाटै लखपती हुन खोज्ने पसले ज्याद्रा !

मास्क लगाएर हिँड्ने चाहिँ त्यसैत्यसै मख्ख छ । सुनको गहना पाएजस्तो । मास्क लगाएपछि कोरोना नै तर्सिएर भाग्छ भनेजस्तो !
त्यसमाथि हात मिलाउन र अँगालो मार्नै छोडेछन् । मन्त्रालयदेखि खेल मैदानसम्म नमस्कारको चलन फर्किएछ । कतिका घरमा त श्रीमान श्रीमती पनि सँगै सुत्न छाडेछन् । 

सडकदेखि सरकारी कार्यालयसम्म, बेडरुमदेखि मन्त्रालयसम्म, केन्द्रदेखि पालिकासम्मको तयारी देख्दा कोरोना तीन छक्क पर्यो । फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल त झन् हेरिनसक्नु भैसकेछ । मोबाइल र कम्प्युटर खोल्नेबित्तिकै नेपालीकोभन्दा बढी सातो आफ्नो चाहिँ जाला भन्ने डर ! 

घरघरमा डाक्टर र जान्नेसुन्ने मान्छे । सडकमा धुलोधुवाँ र टिप्परको आतँक । जँचाउन मान्नेजति सबैको रिपोर्ट नेगेटिभ, नमान्नेजति अस्पतालबाटै कुलेलम । जताततै भगवानको बास । जडिबुटी, ओखतीमुलोको भण्डार । विद्वान र बहादुरहरुको देश । सुनपानी, खरानी र फूमन्तरले भूतप्रेत भगाउन सक्ने मान्छे । 

लुकीलुकी घुमिरहँदा पनि सुनपानी छर्केर र फूमन्तर गरेर मार्लान् भन्ने डर ! जता फर्के पनि डर र त्रासमा फसेपछि चीनबाट आएको कोरोना नेपाल भ्रमणका सबै कार्यक्रम स्थगित गरि टाउको लुकाएर बसेको छ । 

अन्तिम अपडेट: जेठ ११, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

7 Comments

  • ishwargodar

    March 13, 2020, 2:43 p.m.

    Very interested sir

  •  0 Reply
  • Khuman sharma

    March 8, 2020, 7:49 p.m.

    Ekdam ramro chha

  •  0 Reply
  • Shova

    March 8, 2020, 7:42 a.m.

    Very interesting. Keep it up!

  •  0 Reply
  • Laxman Pathak

    March 7, 2020, 8:57 p.m.

    Amazing!!! मीठो शैलीमा चोटिलो प्रहार !

  •  0 Reply
  • Sanat Rimal

    March 7, 2020, 6:48 p.m.

    सार्है राम्रो लेख बाबु ! लेखकीय ज्ञान उच्चस्तरको पाएँ , धन्यवाद ! सामयिक लेख फेरि पढन पाइयोस् !!

  •  0 Reply
  • Jiswan

    March 7, 2020, 6:33 p.m.

    That's really truth

  •  0 Reply
  • पदम बहादुर श्रेष्ठ

    March 7, 2020, 8:29 a.m.

    बहुत बहुत बधाई छ है तंपाई लाई। यति राम्रो र मिठो समाचार दिनु भएको मा। धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया