पत्रकार साहकाे हत्यामा संलग्न अभियुक्त १२ वर्षपछि पक्राउ

 फागुन २५, २०७६ आइतबार १०:१७:२५ | जयनारायण यादव
unn.prixa.net

बारा - पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न भएको भएको अभियोग लागेपछि फरार भएका कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेका छन् । 

फौजदारलाई बाराको बारागढी गाउँपालिका ६ गडहलबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्ने क्रममा स्थानीय बासिन्दाले प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि चार राउन्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिनुभयो । 

पत्रकार साहलाई तत्कालीन नेकपा माओवादीका लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेलसहितले २०६४ असोज १८ गते अपहरण गरी एक महिनापछि हत्या गरेको ठहर गर्दै २०७३ पुस २० गते सर्वोच्च अदालतले सजाय सुनाएको थियो । 

फौजदार पत्रकार साहको हत्यालगत्तै फरार भएका थिए । हत्यामा संलग्न लालबहादुर चौधरी र हरेराम पटेल भने अझै फरार छन् । पत्रकार साहको शव २०६४ कात्तिक २२ गते जङ्गलमा भेटिएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया