प्रिमियर लिगमा लेस्टर सिटीले एस्टन भिल्लालाई हरायाे

 फागुन २७, २०७६ मंगलबार ६:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी विजयी भएको छ । सोमबार राति भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई चार–शून्यले हरायो । 

भिल्ला पार्कमा भएको खेलमा घरेलु टिमको जितमा हार्बी बार्नेस र जेमी भार्डीले दुई–दुई गोल गरे ।

जितसँगै लेस्टरले तेस्रो स्थानको सिट मजबुत बनाएको छ । लेस्टरले चौथो स्थानको चेल्सीविरुद्ध पाँच अङ्कको अग्रता लिएको छ भने दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँगको दुरी चार अङ्कमा छोट्याएको छ । 

खेलमा ६५ प्रतिशत बल पोसेसन बनाएको लेस्टरले ४० मिनेटमा अग्रता लिएको थियो । भिल्लाका गोलकिपर पेपे रेइना अघि बढेको मौकामा उनले गोल गरेका थिए ।

बार्नेसले गोल गर्दै पहिलो हाफअघि लेस्टरलाई एक गोलको अग्रता दिलाए । ५९ औँ मिनेटमा सब्टिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका भार्डीले ६३ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए । टाइरोन मिङको ह्याण्ड बलमा लेस्टरले पेनाल्टी पाएको थियो ।

७९ औँ मिनेटमा भार्डीेले अर्को गोल गर्दै लेस्टरको अग्रता तीन–शून्यमा लम्ब्याए । ८५ औँ मिनेटमा बार्नेले मार्क अल्ब्राइटनको क्रसमा गोल गर्दै लेस्टरलाई सानदार जित दिलाए ।

पराजयसँगै एस्टन भिल्ला रेलिगेसन जोनमै अड्किएको छ । २५ अङ्कसहित भिल्ला १९ औँ स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया