आर्सनलका म्यानेजर आर्टेटा काेराेना सङ्क्रमित

 फागुन ३०, २०७६ शुक्रबार ६:२४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आर्सनलका म्यानेजर (प्रबन्धक) माइकल आर्टेटालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । 

म्यानेजर आर्टेटालाई भाइरसको सङ्क्रमण देखिएपछि आर्सनल र ब्राइटनबीच शनिबार हुने तय भएको खेल स्थगित भएको छ । क्लबले तत्काल प्रशिक्षण रोकेर आर्टेटासँगै रहेका खेलाडी र कर्मचारीहरुलाई निगरानीमा राखेको छ ।

यसैबीच प्रिमियर लिगले शुक्रबार आपतकालिन क्लब बैठक बोलाएको छ । यो बैठकले प्रिमियर लिग स्थगन गर्ने विषयमा निर्णय गर्नेछ ।

‘यो वास्तवमै निराशाजनक छ’, ३७ वर्षीय आर्टेटाले भने । 

‘खराब महसुस गरिसकेपछि मैले परीक्षण गराएको हुँ । म अनुमति पाउने बित्तिकै काममा फर्कन्छु’, उनको भनाइ छ ।   

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया