भ्रूण हत्या प्रकरणमा फरार गाउँपालिका अध्यक्ष अदालतमा हाजिर, ५५ हजार धरौटीमा रिहा

 फागुन ३०, २०७६ शुक्रबार ८:१३:५६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – भ्रूण हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका पाँचथरको कुम्मायक गाँउपालिका अध्यक्ष जयबहादुर चेम्जोङ धरौटीमा रिहा भएका छन् । 

पाँचथर जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलासले अध्यक्ष चेम्जोङलाई ५५ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

कुम्मायक गाउँपालिका ५ का रमेश खड्कासँगको प्रेम विवाहपछि बसेको २१ हप्ताको गर्भ पतनका लागि अध्यक्ष चेम्जोङले दबाब दिएको भन्दै अध्यक्ष चेम्जोङसहित सात जनाविरुद्ध  स्थानीय एक किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

भ्रूण हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना स्वास्थ्यकर्मी यसअघि नै ८०÷८० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।

फरार रहेका अध्यक्ष चेम्जोङसहित अन्य प्रतिवादीका नाममा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो । बिहीबार अदालतमा हाजिर हुन आउनुभएका अध्यक्ष चेम्जोङको बयान र कानुन व्यवसायीको बहसपछि अदालतले उहाँलाई धरौटीमा रिहा गरेको हो । 

गाँउपालिका अध्यक्षको दबाबमा गएको पुस २६ गते भ्रूण हत्या गराइएको भन्दै माघ २२ गते पीडितले जाहेरी दिएकी थिइन् । 

अन्तिम अपडेट: चैत ४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया