विराटनगरमा ‘टाटा मोटर्स कार्निभल’ : एक लाख रुपैयाँसम्मको छुट

 फागुन ३०, २०७६ शुक्रबार १३:५८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिको ‘टाटा मोटर्स कार्निभल’ मेला विराटनगरको टाटा शोरुममा चलिरहेको छ।

यो मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने र मेलामा ग्राहकहरुले एकै ठाउँबाट विभिन्न गाडी किनबेचको सुबिधा प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

यस बाहेक पुराना गाडी साट्न पाउने र टाटा मोटर्सका विभिन्न मोडलका गाडीहरु एकै ठाउँबाट किन्न पनि सकिन्छ।

मेलामा ग्राहकहरुले  अन द स्पट फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनसजस्ता फाइदा पाउने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी ग्राहकले गाडी किनेमा एक वर्षको लागी सडक कर छुट समेत पाउने छन् । विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहेको मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

फागुन २९ गते बिहीबारबाट सुरु भएको मेला फागुन ३० गते शुक्रबार सकिँदैछ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया