अस्पतालबाट डिस्चार्ज हुनुअघि प्रधानमन्त्रीको ट्वीट : कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रसँग मिलेर अघि बढ्न तयार छौँ

 फागुन ३०, २०७६ शुक्रबार १७:२८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जालमा सक्रिय हुन थाल्नुभएको छ ।

डाक्टरको अनुमतिपछि उहाँले शुक्रबारदेखि ‘ट्याब्लेट’ प्रयोग गर्न थाल्नुभएको हो।

ट्याबलेटमार्फत प्रधानमन्त्री ओलीले ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै कोरोना भाइरस संक्रमणविरुद्ध लड्न दक्षिण एशियाली राष्ट्रबीच सहकार्यका लागि नेपाल सरकार तयार रहेको उल्लेख गनुभएको छ ।

उहाँले कोरोना भाइरसविरुद्धको लडाइँमा सार्क सदस्य राष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको उल्लेख गर्नुभएको हो ।

भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावको स्वागत गर्दै प्रधानमन्त्री ओलीले दक्षिण एसियाका नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो ।

मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गर्नुभएको थियो ।


ट्वीटमा सक्रिय भएसँगै प्रधानमन्त्री ओली शुक्रबार नै अस्पतालबाट डिस्चार्ज हुँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया