न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
सिन्धुली - सिन्धुलीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
शनिबार बिहान २ बजेति बत्ती बाल्ने क्रममा करेन्ट लागेर कमलामाई नगरपालिका–७ सिम्लेका माईतीमाया भोलनको ज्यान गएको र अरु तीन जना घाइते भएका प्रहरीले जनाएको छ । हावाहुरी चलेका कारण बिजुली शर्ट भएर करेण्ट लागेकाे हुनसक्ने प्रहरीकाे अनुमान छ ।
करेण्ट लागेर घाइते भएकी भाेलनलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा मृत्यु भएकाे हाे ।
भोलनलाई करेण्ट लागेपछि उहाँका परिवारले हारगुहार गरेका र सहयोग गर्न जानका लागि आफ्नै घरमा बत्ती बाल्दा अरु तीन जना छिमेकी घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा देवकुमारी घिसिङ, पदमबहादुर वाइब र ज्ञानबहादुर थिङ रहेका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।