श्रीमानसँग सम्बन्ध विच्छेद गरेको पूर्व मिस नेपाल उषा खड्गीकाे घोषणा

 चैत २, २०७६ आइतबार १३:४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्व मिस नेपाल उषा खड्गी र उनका श्रीमान् जीपी तिमिल्सिनाले सम्बन्ध विच्छेद गरेका छन् ।

उषा खड्गीले आफू श्रीमान् जीपी तिमिल्सिनाबाट छुट्टिएको बताएकी छिन् । जीपी तिमिल्सिनासँग १९ वर्षअघि चिनजान भएको र विवाहको भएको १७ वर्षपछि उनले सम्बन्ध विच्छेद गरेकी हुन् । 

उषाले सन् २००० मा मिस नेपालको उपाधि जित्दा जीपी तिमिल्सिना टेलिभिजन प्रस्तोता थिए । त्यही समयमा एक अर्काको प्रेममा परेका यी दुइले दुई वर्ष लामाे प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । 

उषाले आफ्नो सम्बन्ध विच्छेदको विषयमा एक टेलिभिजन कार्यक्रममा बोल्दै भनिन्, ‘चिनजान भएको १९ वर्ष र विवाह गरेको १७ वर्ष पूरा भइसक्दा पनि आफूले शारीरिक र मानसिक पीडा सहँदै आए, यदि अहिले पनि बोलिएन भने कहिले बोल्ने भन्ने सोचेर यो निर्णय लिएकी हुँ ।'

भिडियोमा उषाले यसो भनिरहँदा उनी भक्कानिएर आँशु झार्न पुगेकी थिइन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

2 Comments

  • Narayan

    Sept. 24, 2021, 8:37 a.m.

    किन यस्तो हुँदैछ नेपालमा ? फेसन जस्तै भयो सम्बन्ध बिच्छेद /

  •  0 Reply
  • कोयू अर्जुन

    March 15, 2020, 1:14 p.m.

    डिसहोमको विभिन्न एडहरुमा देखिने यी जोडीलाई हेर्दा लाग्थ्यो दाम्पत्य जीवन होस् त यस्तो , आज यस्तो समाचार पढ्दा सारै दुःख लाग्यो । हुनत सबै मान्छे बाहिर देखिए जस्तो नहुन नि सक्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया