यूएई पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने पक्राउ

 चैत ४, २०७६ मंगलबार १७:३२:३ | रासस

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि यूएई पठाइदिन्छु भन्दै ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बागलुङ, ढोरपाटन नगरपालिका ४ घर भई काठमाण्डौ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

१० लाख बढी ठगी गरेको उजुरी परेपछि महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । रोजगारीको प्रलोभनमा पारी नौ जनाबाट  १० लाख ५३ हजार रुपैयाँ पैसा लिई शिवकुमार फरार भएका थिए । पीडितको जाहेरीका आधारमा खोजी गर्दैगर्दा काठमाण्डौको गँगबुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

शिवकुमारलाई आवश्यक कारबाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाण्डौमा बुझाइएको उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया