'नेपालकाे प्रयाेगशालाले काेराेना भाइरसकाे सङ्क्रमण पत्ता लगाउन नसकेकाे भनेर आशङ्का गर्नुपर्दैन'

 चैत ५, २०७६ बुधबार ११:३:२४ | उज्यालो सहकर्मी

कोरोना भाइरस (काेभिड–१९) नामक महामारीले विश्वलाई छोप्दै गए पनि नेपाल अहिलेसम्म लगभग कोरोनामुक्त छ ।

सुरुमै चीनबाट आएका एक जना नेपालीमा कोरोनाको सङ्क्रमण देखिए पनि उनी निको भएर घर फर्किसकेका छन् । तर बढ्दो घनिष्ठ सम्बन्ध र आवत जावत रहेको हाम्रो छिमेकी चीनबाट कोरोना भाइरस उत्पन्न भएर संसारभरि फैलिएकोले नेपालमा पनि यसको सङ्क्रमण फैलिएको हुन सक्ने धेरैको आशङ्का छ ।

केहीले नेपाली नागरिकमा कोरोनाको सङ्क्रमण भएको जानकारी सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दबाब दिएर लुकाउन लगाएको आशङ्का गर्छन् भने केहीले कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउने क्षमता राष्ट्रिय प्रयोगशालामा नरहेको दाबी गर्छन् ।

तर प्रयोगशालाका सूचना अधिकारी एवं प्रयोगशाला विज्ञ राजेशकुमार गुप्ताले गएको चैत २ गते आइतबारसम्म कोरोना भाइरसको आशङ्कामा चार सय ६७ जनाको नमुना परीक्षण गरिए पनि कसैको रिपोर्ट 'पोजेटिभ' नपाइएको बताउनुहुन्छ ।

नेपालको राष्ट्रिय प्रयोगशालामा रहेका बीएसएल २ र बीएसएल ३ ल्याबहरु विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) बाट मान्यता प्राप्त रहेको तथा विश्वको कुनै विकसित देशमा रहेको ल्याबमा गरिने परीक्षण विधिअनुसार नै राष्ट्रिय प्रयोगशालाले नमुना परीक्षण गर्ने गरेको गुप्ताले स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया