सरकारको सय दिन पूरा : कांग्रेस भन्छ – सामान्य गति, दर्जन विसंगति(भिडियो)

 जेठ ११, २०७५ शुक्रबार १६:२६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ११ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको एक सय दिनको समीक्षा गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सार्वजनिक भिडियो विज्ञप्तिमा सरकारको सय दिनलाई कांग्रेसले ‘सामान्य गति, दर्जन विसंगति’ को संज्ञा दिएको छ । 

नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको सय दिन पूरा भएकोमा प्रतिपक्षीको हैसियतले राम्रा कामलाई समर्थन गर्ने तर नराम्रा कामको आलोचना र खबरदारी गर्ने जनाएको छ । 

कांग्रेसले सांसदहरुको सपथ नभै प्रधानमन्त्रीको सपथका बारेमा टिप्पणी नगरे पनि प्रधानमन्त्रीले भगवान, नागरिक तथा देशको नाममा पनि सपथ खान नपर्ने भन्दै आलोचना गरेको छ । राष्ट्रिय सभाका सदस्यको मनोनयन, श्वेतपत्रमा नकारात्मक सूचकांक तथा संविधान संशोधनका बारेमा सरकारको कार्यशैलीप्रति कांग्रेसले प्रश्न गरेको छ । 

 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया