‘म सहवाग वा वार्नर बन्न सक्दिन’

 चैत ७, २०७६ शुक्रबार १०:३३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय टेस्ट क्रिकेट टिमका ब्याट्सम्यान चेतेश्वर पुजाराले आफ्नो स्ट्राइक रेटलाई लिएर मुख खोलेका छन् । 

उनले आफ्नो स्ट्राइक रेटलाई लिएर आलोचना गर्नु अनुचित रहेको बताए । टिमको प्रबन्धमा आफूलाई टिमको पूरा समर्थन रहेको र आफ्नो ब्याटिङ शैलीलाई महत्त्वका साथ हेरिने पुजाराले बताए । 

अहिले विस्फोटक ब्याटिङ गर्ने क्रिकेटको जमानामा पुजारा भने स्ट्राइक रेटको चिन्ता नगरि क्रिजमा टिकिरहन्छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण पुजारा अहिले परिवारसँग समय बिताइरहेका छन् । 

उनी भन्छन्, ‘म डेभिड वार्नर वा वीरेन्द्र सहवाग बन्न सक्दिन तर कोही सामान्य ब्याट्सम्यान क्रिजमा समय बिताइरहेको छ भने त्यो कुनै गलत होइन ।’ 

‘मलाई लाग्दैन कि टिमभित्र यसलाई लिएर धेरै कुरा हुन्छ । मिडियामा यसको विश्लेषण विभिन्न तरिकाले हुने गरेको छ । तर मलाई टिमको पूरै समर्थन छ । स्ट्राइक रेटभन्दा मैले खेल्ने शैलीलाई महत्त्वका साथ लिइन्छ’, उनले थपे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया