साउदीमा कोरोनाबारे गलत सूचना फैलाउनेलाई ५ वर्ष जेल र ३० लाख रियाल जरिबाना

 चैत ७, २०७६ शुक्रबार १२:१३:५० | उज्यालो सहकर्मी

 

काठमाण्डौ – तपाईँ साउदीमा हुनुहुन्छ भने सावधानी अपनाउनुहोला ।

कोरोनाको सङ्क्रमण अहिले साउदीमा पनि फैलिएको छ । साउदीमा कोरोनाको सङ्क्रमणबाट बच्न सतकर्ता त अपनाउन पर्छ नै, साथै कोरोनासँग सम्बन्धित समाचार तथा कुनै जानकारी सामाजिक सञ्चालमा सेयर गर्दा पनि सावधानी अपनाउनुपर्ने भएको छ ।

कोरोना भाइरसकाबारे कुनै भ्रम तथा झुटो समाचार सेयर नगर्न र साउदी सरकारको तथ्याँक र सूचनाभन्दा बाहिरी कुरा आफ्नो सामाजिक सञ्जालमा पोष्ट नगर्न साउदीमा रहको नेपाली दूतावासले आग्रह गरेको छ ।

यदि त्यसो गरेको पाइएमा त्यहाँको सरकारले ५ वर्ष कैद र ३० लाख साउदी रियाल जरिबाना तिराउन सक्छ । संवेदनशिल बन्दै गएको कोरोना भाइरसको बारेमा कुनै भ्रामक कुरा फैलाएमा साउदीको कानुनअनुसार कारबाही हुने भएकाले सतर्क रहन नेपालीलाई दूतावासले आग्रह गरेको छ । शुक्रबार मध्यान्हसम्म साउदीमा २ सय ७४ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

त्यहाँ रहेका नेपालीलाई भने सुरक्षित छन् । दूतावासका अनुसार साउदीमा अहिले झण्डै तीन लाख ५० हजार नेपाली श्रमिक कार्यरत छन् । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न साउदीको स्वास्थ्य मन्त्रालयले मोबाइल प्रयोगकर्ताहरुमा सन्देश पठाएर सङ्क्रमण् संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउन सुरु गरेको छ ।

त्यसैले आफ्नो मोबाइलमा प्राप्त हुने सचेतनाका सूचनाहरुलाई पालना गर्न दूतावासको आग्रह छ । साउदी सरकारले मक्का र मदिनाका दुई पवित्र मस्जिद बाहेक नियमित एवं हरेक शुक्रबार हुने विशेष प्रार्थनाका लागि खुल्ने गरेका देशभरीका मस्जिदहरु अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ । साउदीका सरकारी कार्यालयहरु, अदालत, विद्यालय तथा विश्विद्यालय बन्द छन् ।

निजी क्षेत्रका कम्पनीमा ६० प्रतिशत भन्दा जनशक्तिबाट काम गराउन तथा सम्भव भएका कामहरु घरबाटै गर्ने वातावारण बनाउन साउदी सरकारले कम्पनीहरुलाई अनुरोध गरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया